३ जेष्ठ २०८१, बिहीबार

जाडोसँगै वायु प्रदूषण बढ्यो

XIRcEl1kprnorJIiFJ09

काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । केही दिनयता दैनिक औसतमा एकदेखि २ डिग्री सेल्सियस तामक्रम घट्दो क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जाडोयाम र पश्चिमी वायुको प्रभावका कारण तापक्रम घट्न थालेको हो । अब केही दिन चिसो निरन्तर बढ्दै जाने मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम माइनस २ डिग्री र जोमसोमको न्यूनतम तापक्रम माइनस तीन दशमलव पाँच डिग्री पुगेको छ ।

जाडोसँगै देशभरको वायु प्रदूषणसमेत बढ्दो क्रममा छ । आज काठमाडौंको वायुको गुणस्तर सूचकांक एक्यूआई १ सय ८८ सम्म पुगेको वातावरण विभागका सिनियर डिभिजनल केमिस्ट दीपक ज्ञवालीले जनाए ।

तापक्रम घट्दै जाँदा तराईमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातले जनजीवन प्रभावित हुन थालेको छ । चिसोले कठ्यांग्रिएर नागरिकको ज्यान जान थालिसक्दा पनि सरकारले भने अति प्रभावित नागरिकको जीवन रक्षाका लागि कुनै योजना बनाएको छैन ।

    सम्बन्धित समाचार...