२३ बैशाख २०८१, आईतवार

मंसिर २९ मा ‘जम्प’, निर्देशक भन्छन्- फरक देखिए पनि सबै दर्शकले मेरो फिल्म बुझ्नुहुन्छ

jump film.jpg 1

ओस्कर फिल्म कलेजका सन् २०१३ का व्याज हुन तर उनले बिचमा नै ड्रप गरे।

फिल्म स्कूलबाट ड्रप आउट भएपनि उनको फिल्म मेकिङसम्बन्धी रुचि परिवर्तन भएन । उनी एड फिल्मतीर हानिए। तपाईंहरुले पछिल्लोपटक हेर्नुभएका अनलाइन सपिङ वेवसाइट दराज एघार–एघारको विज्ञापन होस् या एनसेलका विज्ञापन। सबै उनकै श्रृजनशिल दिमागका उपज हुन् आशुतोषध्वज कार्की।

मंसिर २९ गतेको व्यग्र प्रतिक्षा छन् आशुतोष। कारण हो उनको डेब्यू फिल्म –जम्प। नेपाली फिल्ममा ठूलो हल्लाखल्ला त उनले गरिरहेका छैनन् तर डिजिटल प्लेटफर्महरुमा भने उनले जम्पको सक्दो प्रचार गरिरहेका छन्।

यो फिल्मको प्रचार अन्य फिल्मको जस्तो किन छैन त?

’यो फिल्म हामीले एकदमै कम बजेटमा बनाएका छौं, तपाईंले विश्वास नै गर्न नसकिने पैसामा। एउटा ल्म फेस्टिवलले हाम्रो फिल्म मेकिङका हिसाबले महँगो भयो भनेर देखाउन अस्विकार ग¥यो’, उनले भने ।

उनका अनुसार यो फिल्म झण्डै ४० लाखको हाराहारीमा तयार भएको छ ।

फिल्ममा सानैदेखि रुचि राख्ने उनले जम्प आफूले ओस्कर कलेज पढ्दै गर्दा लेखेको स्क्रिप्टमा २.५ करोड को बजेट आएपछि आफूलाई फिल्म बनाउन सक्षम छु भनेर प्रमाणित गर्न सो पहिले लेखिएको फिल्मलाई बजेट जुटाउन बनाएका हुन्।

प्राइभेट स्क्रिनिङहरुमा फिल्मले तारिफ बटुलेको छ जसका कारण केही व्यक्तिहरु उनको बिग बजेट फिल्ममा काम गर्न इच्छुक देखिएका छन्।

’ओस्कर पढ्दै गर्दा एक फिल्मको स्क्रिप्ट लेखेको थिएं, बजेटिङ गर्दा २.५ करोड माथिको लगानी आयो। एक त नयाँ त्यसमाथि विज्ञापन बनाउने कसले यत्रो लगानी खन्याउने एउटा डेब्यू निर्देशकमाथि’, उनले भने, ’ कम बजेटको फिल्म बनाएर आफ्नो क्षमता प्रमाणित गर्ने र त्यो महँगो बजेटको फिल्म बनाउने भनेर ’जम्प’ बनाएं।’

नेपाली फिल्म बजार जुवाको खाल भन्दा खतरनाक छ। चल्ने–नचल्ने कुनै ठेगान नभएको। यो तगारोले उनलाई रोकेन, जसका कारण उनले यो फिल्म बनाए।

उनका अनुसार ’जम्प’ एउटा मनोवैज्ञानिक थ्रिलर फिल्म हो।

कस्तो खाले कथा होला भन्ने कौतुहलता हुनेहरुका लागि उनी वि पी कोइरालाले लेखेको ’दोषी चश्मा’को उदाहरण दिन्छन्।
’यो कुनै फिल्मसँग प्रभावित छैन, ओर्जिनल कन्टेन्ट हो। । साइकियाट्रिक्सहरुले हेर्दा पनि एक्कुरेट पाउनुहुन्छ’, उनले दाबीका साथ भने ।

यसको फ्लट उनलाई सपनामा फुरेको थियो। सपनामा फुरेको कुरा उनले लेखेर राखेका थिए पछि फुरेपछि त्यही आइडियालाई परिमार्जन गरेर फिल्मको रुप दिए।

यसका लागि उनले साइकोलोजीको अध्ययन गरे र सोही अनुसार पात्र र अवस्थाहरु बनाउँदै सिने ढाँचामा ढाले ।

उनी आफ्नो फिल्मलाई आत्मविश्वासी छन्।

’लगभग ४० जना जत्तिले हेर्नुभयो सबैले प्रशंसा गर्नुभएको छ। यस्तो नेपाली फिल्ममा अहिलेसम्म हेर्या छैन भन्ने प्रतिक्रिया दिनुभएको छ’, उनले खुलासा गरे, ’हलपछि फिल्म विश्वको चर्चित अनलाइन स्ट्रिमिङ साइटमा पनि रिलिज हुने पक्का भइसकेको छ नामचाँहि पछि भन्छु।’

उनले ट्रेलर हेर्दा फिल्म आम दर्शकले बुझ्लान कि नबुझ्लान भनेर धेरैले जिज्ञासा राखेको सम्झदैं भने– एकदमै लेयरड छ, सबैखाले दर्शकले बुझ्नुहुन्छ। ट्विस्ट र थ्रिलरहरु सबैलाई मनपर्छ।

    सम्बन्धित समाचार...