१७ फाल्गुन २०८०, बिहीबार

सडक विभागले लोकसेवा पास गरेर नियुक्ति नबुझ्नेलाई भन्यो, तत्काल सम्पर्कमा आउँने की अरुलाई नियुक्ति दिउँ ?

department of road

लोकसेवाको परीक्षा पास गरेर नियुक्ति लिन नआउनेलाई सडक विभागले पत्र काटेको छ । पत्रमार्फत विभागले लोकसेवाको लिखित परीक्षा पास गरेर मौखिक परीक्षामा पनि छनौट भएका तर नियुक्ति लिन नआएकाहरुलाई तत्काल नियुक्ति लिन आउन आग्रह गरेको हो ।

विभागका अनुसार लोकसेवाको परीक्षा पास गरेका नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी ९प्रा०, सबइन्जिनियर पदमा नियुक्ति पाएकाहरुले अझै पनि नियुक्ति लिएका छैनन् । विभागले नियुक्ति नलिएकाहरुलाई तत्काल नियुक्ति लिन आग्रह गर्दै नियुक्ति नलिए योग्यताक्रमका अनुसार अन्य व्यक्तिलाई नियुक्ति दिने जनाएको छ ।

‘गत कात्तिक २१ गतेको निर्णयअनुसार निजामती सेवा नियमावली, २०५० को नियम १६ बमोजिम स्थायी नियुक्ति लिन नआएका व्यक्तिहरूलाई निजामती सेवा नियमावली, २०५० को नियम १९ बमोजिम निरोगिताको प्रमाणपत्र पेश गरी नियुक्ति लिन आउनु हुन यो सूचना प्रकाशन गरिएको छ । उक्त म्यादभित्र आफ्नो नियुक्ति लिन नआएमा उपरोक्त नियमावलीको नियम १६ बमोजिम वैकल्पिक उम्मेदवारलाई योग्यताक्रम अनुसार नियुक्ति गरिने ब्यहोरासमेत जानकारी गराइन्छ ।’ विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

sadak bibhag

    सम्बन्धित समाचार...