१६ बैशाख २०८१, आईतवार

बालेनले बैठक बहिष्कार गर्नुको रहस्य खोले, १७ नगरपालिकाले निजी कम्पनीबाट पैसा खाएको आरोप

balen 1
फाइल फोटो

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले आफूले हालै बसेको मेयर्स फोरमको बैठक बहिष्कार गर्नुको कारण खुलाएका छन् । मंगलबार आयोजित उपत्यका मेयर्स फोरमको मासिक बैठक बिचमै छाडेर हिँडे पछि त्यसबारे प्रस्टाउँदै आफनै धारणा सार्बजनिक गरेका हुन् ।

उनले १७ नगरपालिकाले निजी कम्पनीबाट पैसा खाएर बैठक बसाएको भएर आफूले उक्त बैठक बहिष्कार गरेको स्पष्ट पारेका छन् ।

सामािजक सञ्जाल फेशबुकमार्फत मेयर शाहले आफूले कसैको पनि अपमान नगरेको जिकिर गरेका छन् । उनले काठमाडौं महानगर बिक्रीमा नभएको पनि टिप्पणी गरेका छन् । उनले नेताहरुले त देश नै बेच्न खोजिसकेको आरोप लगाएका छन् ।

उनले लेखेका छन्- १७ वटा नगरपालिकाले कुनै Private Company बाट पैसा खाएर बसाएको बैठक बहिसकार गरेको हो, कसैको अपमान गरेको होईन । नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरुले पुरै देशनै बेच्नुभो भनेपनि , काठमाडौं एक्लै भएपनि नेपाल भनेर उभिनेछ ।

    सम्बन्धित समाचार...