२२ बैशाख २०८१, शनिबार

नेप्से परिसूचकमा गिरावट जारी

ss

दशैंअघि सामान्य अंक घटेर बन्द भएको नेप्से परिसूचकले दशैं पछिको पहिलो कारोबार दिन पनि सोही क्रमलाई निरन्तरता दिएको छ। यस दिन नेप्से परिसूचक साढे १ प्रतिशत घटेको छ।

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २८.१८ अंक घटेर १८७५.६५ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.१६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८२ अंक घटेको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब १ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन २८३ स्टकको ३३ हजार ९६४ पटकको कारोबारमा ७३ करोड ९८ लाख ८७ हजार रुपैयाँ बराबरको २७ लाख ४ लाख हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयरमूल्य सर्वाधिक ८.९९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ भने घलेम्दी हाइड्रो र बिपिडब्लु लघुवित्तको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। यसै दिनदेखि कारोबारमा आएको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको शेयरमूल्य यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। ३५० रुपैयाँमा पहिलो कारोबार भएको यस कम्पनीको शेयरमूल्य यस दिन ३५ रुपैयाँ ३१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन नेशनल हाइड्रोपावरको शेयरमूल्य करिब ८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हाथवे इन्भेष्टमेन्ट र सिटिजन लाइफ इन्स्योरेन्सको २ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

आइतबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.६८ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

    सम्बन्धित समाचार...