१७ बैशाख २०८१, सोमबार

कोजाग्रत पूर्णिमा, मान्यजनबाट आज पनि टीका लगाइँदै

tika

बडादसैंको टीकाको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा । मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि टीका लगाउँदै छन् ।

विजयादशमीका दिन टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाको दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने चलन छ । नौ दिनसम्म पूजा आराधना गरी विजया दशमीको दिन देवी विसर्जन गरेपछि टीका र जमरा लगाउन सुरु हुन्छ । पञ्चाङ निर्णायक समितिले कोजाग्रत पूर्णिमाका दिनसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा नरहने जनाएको छ ।

आजको दिनमा घरघरमा घटस्थापनाका दिनमा राखिएको जमरा साँझ विसर्जन गरिन्छ ।

यस्तै केही दिन सुनसान रहेको काठमाडौंमा भने चहलपहल बढेको छ ।

    सम्बन्धित समाचार...