१७ बैशाख २०८१, सोमबार

पुर्व चिनियाँ प्रधानमन्त्री ली खछ्याङको हृदयघातका कारण निधन

le kqiang

चीनका पूर्वप्रधानमन्त्री ली खछियाङको ६८ वर्षको उमेरमा निधन भएको छ । चिनियाँ सञ्चारमाध्यमहरुले उनको बिहीबार निधन भएको पुष्टि गरेका छन् ।

अघिल्लो वर्ष प्रधानमन्त्रीको पदबाट बाहिरिनुअघि उनी चिनियाँ कम्युनिस्ट पार्टीका सबैभन्दा दोस्रो शक्तिशाली व्यक्ति थिए ।

त्यहाँको सरकारी सञ्चारमाध्यमले भनेको छ कि उनी बिहीबार आराम गरिरहेका बेला अचानक हृदयाघात भएको थियो र उनको निधन भयो । उनी यो समयमा सांघाईमा बस्दै आएका थिए ।

ली खछियाङलाई बचाउन निकै प्रयास गरे पनि बचाउन नसकिएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीलाई उद्धृत गर्दै बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

उनी पार्टीमा शक्तिशाली बन्दै गएका थिए । एक समय त उनी नै राष्ट्रपति हुने उच्च चर्चा चलेको थियो ।

आफ्नो अन्तिम कार्यकालमा उनी एकमात्र शीर्ष नेता थिए जो चिनियाँ राष्ट्रपति सी चिनफिङको बफादार नेताको सूचीमा थिएनन् । चर्चित पेइकिङ विश्वविद्यालयमा अध्ययन गरेका खछियाङ आर्थिक नीतिमा व्यवहारिक तरिका अपनाउने व्यक्तिका रुपमा परिचित थिए ।

उनलाई यस्तो नेताका रुपमा लिइन्थ्यो जसले गरिब जनताका पक्षमा काम गर्छन् । उनले हरेक व्यक्तिलाई आवास मिलोस् र धनी-गरिबबीचको गहिराइ कम गर्न सकियोस् भन्ने नीति हुनुपर्नेमा जोड दिएका थिए ।

ली खछियाङ एक अर्थशास्त्रीसमेत थिए । जसले सुरुवाती दिनमा चीनको अर्थव्यवस्था सम्हाल्ने बागडोर दिइएको थियो । यद्यपि पछिल्लो समयमा उनलाई पार्टीबाट किनारा लगाइएको थियो ।

    सम्बन्धित समाचार...