२० बैशाख २०८१, बिहीबार

रोहितको विश्व कीर्तिमानी शतकसँगै अफगानिस्तानमाथि भारतको सानदानर जित

104332917

कप्तान रोहित शर्माको विश्व कीर्तिमानी शतकमा भारतले आईसीसी पुरुष विश्वकप २०२३ मा अफगानिस्तानविरुद्ध सानदार जित हात पारेको छ । घरेलु टोलीले अफगानिस्तानलाई ८ विकेटले पराजित गरेको हो ।

अरुण जेट्ली स्टेडियम दिल्लीमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७२ रन बनाएको थियो । तर दिल्लीको फ्ल्याट पिचमा यो योगफल पर्याप्त हुन सकेन । उसका कप्तान हस्मातुल्लाह शाहिदीले सर्वाधिक ८० रन बनाए । आजमतुल्लाह ओमरजाईले ६२ रनको योगदान दिए । ६३ रनमा सुरुवाती ३ विकेट गुमाएको अफगानिस्तानका लागि चौथो विकेटको रुपमा शाहिदी र ओमरजाईले १ सय २१ रनको साझेदारी गरेका थिए । भारतका फास्ट बलर जस्प्रित बुमराहले ४ विकेट लिए । हार्दिक पान्ड्याको नाममा २ विकेट रह्यो ।

२ सय ७३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको भारतले ३५ ओभरमा २ विकेट गुमाउँदै जित हात पार्‍यो। भारतको जितमा कप्तान रोहित शर्माले ८४ बलमा १६ चौका र ५ छक्कासहित १ सय ३१ रनको विस्फोटक शतकीय इनिङ खेले । उनको यो विश्वकपको सातौँ शतक हो । उनी विश्वकपमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी बनेका छन् । उनले भारतकै सचिन तेन्दुलकरको ६ शतकको कीर्तिमान तोडेका हुन् । साथै रोहितले एकदिवसीय विश्वकपमा सबैभन्दा छिटो एक हजार रन बनाउने कीर्तिमान बराबर गरे । यस अघि अस्ट्रेलियाका डेभिड वार्नरले पनि १९ इनिङ्समा एक हजार रन पूरा गरेका थिए । यस बाहेक उनले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी छक्का, विश्वकपमा सबैभन्दा छिटो शतक बनाउने भारतीय खेलाडी र विश्वकपमा सफलता पूर्वक लक्ष्य पछ्याउँदा सबैभन्दा धेरै शतक बनाउने खेलाडी लगायतका अन्य थुप्रै कीर्तिमान बनाए ।IndiaTeam2 1697078533

पहिलो विकेटका लागि ईशान किशन र रोहित शर्माले १८ ओभर ४ बलमा १ सय ५६ रनको सानदार शतकीय साझेदारी गरेका थिए । ईशान ४७ रनमा आउट भए । विराट कोहली ५५ तथा श्रेयस अय्यर २५ रनमा अविजित रहे । अफगानिस्तानका राशिद खानले २ विकेट लिए । भ्रमण टोलीका सबै बलर निकै महँगो सावित भए । योसँगै आयोजक भारतले जारी विश्वकपमा लगातार दोस्रो खेल जित्यो । भारतले पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो ।

अफगानिस्तान बंगलादेशसँग ६ विकेटले हारेको थियो । अफगानिस्तान लगातार दोस्रो खेलमा पराजित भयो । भारतले अब शनिबार चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानसँग खेल्नेछ । अफगानिस्तानले आइतबार इंग्ल्यान्डको समाना गर्ने छ ।

    सम्बन्धित समाचार...