१७ बैशाख २०८१, सोमबार

देशभर आंशिक बदलीदेखि मौसम सामान्यत: सफा

weather aajko mausam

मौसम पूर्वानुमान महाशाखाले हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहेको जनाएको छ ।

महाशाखाकाअनुसार हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेने छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहने महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान प्रकाशन गरेको मौसम बुलेटिनअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

राती देशभर आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने मेघगर्जन/चट्याङ्सहित हल्का वर्षा हुनेछ ।

भोलि (शुक्रबार) देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति कोशी प्रदेशको थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षा हुनेछ ।

शनिबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी भू-भागको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्सहित हल्का वर्षाको सम्भावना छ ।

    सम्बन्धित समाचार...