२३ बैशाख २०८१, आईतवार

अनमोल केसी हाजिरी जमानीमा रिहा

चर्चित नायक अनमोल केसी रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले नायक केसीमाथि तीन अनुसन्धान गर्न दिएको समय आज समाप्त भएसँगै उनी हाजिरी जमानीमा रिहा भएका हुन् ।

प्रहरीले केसीलाई हाजिरी जमानीमा रिहा गर्नुको कारण्मा भने “हिरासत बाहिर बस्दा प्रमाण नष्ट गर्ने सम्भावना नरहेको, भागीजाने सम्भावना नरहेको र अस्पतालले डिस्चार्ज नगरेको” उल्लेख गरेको छ ।

अनमोलमाथि फिल्मको मूख्य भूमिकामा अनुवन्ध भएको सम्झौता गरेर १० लाख रकम लिएर फिल्म नखेलेको आरोपमा फिल्म निर्माण पक्षले उजुरी दिएको थियो ।

    सम्बन्धित समाचार...