२० बैशाख २०८१, बिहीबार

तेस्रो चरणबाटै बाहिरियो म्यानचेस्टर सिटी

manchester city vs newcastle united

म्यानचेस्टर सिटी ईपीएल कप फुटबलको तेस्रो चरणबाटै बाहिरिएको छ ।

गएराति सम्पन्न खेलमा न्युक्यासलले सिटीलाई १–० गोल अन्तरले पराजित गरेको हो । हारसँगै गत सिजनको ट्रेबल विजेता सिटी प्रतियोगिताबाट बाहिरिएको हो ।

विजयी न्युक्यासल भने चौथौ चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा न्युक्यासललाई जित दिलाउन अलेक्जेन्डर इसाकले एक मात्र गोल गरे । स्विडिस फवार्डले खेलको ५३ औँ मिनेटमा गरेको गोलनै साविक विजेता सिटीलाई प्रतियोगिताबाट बाहिर पठाउन पर्याप्त भयो । अब प्रि– क्वाटरफाइनलमा न्युक्यासलले म्यानचेस्टर युनाइटेडसँग खेल्ने छ ।

ईपीएल कपअन्तर्गत गएराति सम्पन्न अन्य खेलमा लिभरपुलले लेस्टर सिटीलाई ३–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ । यस्तै चेल्सीले ब्राइटन तथा आर्सनलले ब्रेन्टपलोर्डलाई समान १–० ले पराजित गर्‍यो । एभर्टनले एस्टोनभिल्लालाई २–१ ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको छ । यसबाहेक फुलहम, बर्नमाउथ र वेस्टहमले पनि प्रि– क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

    सम्बन्धित समाचार...