२० बैशाख २०८१, बिहीबार

भारतविरुद्धको तेस्रो ओडीआईमा अस्ट्रेलिया विजयी

ind vs aus

घरेलु टोली भारतविरुद्धको तेस्रो ओडीआई अस्ट्रेलियाले जितेको छ । राजकोटमा सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गरेको हो । तीन खेलको सिरिज भने भारतले एक खेल अगावै जितेको थियो ।

टस जितेर पहिला ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ५२ रन बनाएको थियो । अस्ट्रेलियाको जितमा ओपनर मिचेल मार्शले सर्वाधिक ९६ रनको योगदान दिए । डेविड वार्नर ५६ रनमा आउट भए । पहिलो विकेटका लागि वार्नर र मार्शले ८ ओभर १ बलमा ७८ रनको साझेदारी गरेका थिए । दोस्रो विकेटका लागि मार्श र स्टिभ स्मिथले १ सय ३७ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई अघि बढाएका थिए । स्मिथ ७४ र मार्नस लाबुसेनले ७२ रन जोडे । भारतका जस्प्रित बुमराहले ३ विकेट लिए ।

जितको लागि ३ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारत निर्धारित ओभरमा दुई बल बाँकी रहँदै २ सय ८६ रनमा अलआउट भयो । भारतका ओपनर तथा कप्तान रोहित शर्माले सर्वाधिक ८१ बनाए । विराट कोहली ५६ रनमा आउट भए । अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले सर्वाधिक ४ विकेट लिदै विश्वकप अघिको अन्तिम एकदिवसीयमा अस्ट्रेलियाको सहज जित सुनिश्चित गरे । भारतले यसअघि पहिलो खेल ५ विकेट र दोस्रो खेल ९९ रनले जितेको थियो ।

    सम्बन्धित समाचार...