१७ बैशाख २०८१, सोमबार

आइन्स्टाइनसँग सम्बन्धित पाण्डुलिपि १७ करोडमा लिलामी

albert einstein

विश्व प्रसिद्ध भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइनले हस्ताक्षर गरेको पाण्डुलिपि सांघाईमा लिलामी भएको छ । 

जसको बोली १७ करोड थियो । यो दुर्लभ हस्ताक्षरित पाण्डुलिपि विशेष सापेक्षताको सिद्धान्त र सामान्य सापेक्षता को विकासको व्याख्या गर्ने विज्ञानमा उनको प्रसिद्ध योगदानसँग सम्बन्धित छ। त्यसका लागि लिलामी कार्यक्रम गत सेप्टेम्बर २३ मा वाल्डोर्फ अस्टोरिया सांघाईमा आयोजित गरिएको थियो।

जर्मनमा लेखिएको यो पाण्डुलिपि पहिलो पटक फेब्रुअरी ३, १९२९ मा न्यूयोर्क टाइम्समा प्रकाशित भएको थियो। आइन्स्टाइनलाई विज्ञानमा उनका दुई सबैभन्दा प्रसिद्ध योगदान, विशेष सापेक्षताको सिद्धान्त (१९०५) र सामान्य सापेक्षता (१९१५) को विकासको व्याख्या गर्न नियुक्त गरिएको थियो।

क्रिस्टीज चाइनाका अध्यक्ष रेबेका याङले १४ पृष्ठको पाण्डुलिपिको निकै महत्व रहेको बताए । ‘किनभने यसले हामीलाई सापेक्षताको खोजको इतिहासको सम्झना गराउँछ। यसको कामको पनि व्याख्या गर्दछ,’ उनले भने । जसमा दुई समीकरणहरू र अन्तरिक्ष समय निरन्तरताको संरचना, साथै वैज्ञानिक सूत्रहरूको दुई पृष्ठहरू देखाउने रेखाचित्र समावेश रहेका छन् ।

    सम्बन्धित समाचार...