१७ बैशाख २०८१, सोमबार

रक्ताम्मे शरीर लिएर बलात्कृत बालिका दुई घण्टा सडकमा हिडेकाे घटनाले भारत स्तब्ध

in

मध्य प्रदेशको उज्जैनमा बलात्कृत बालिका डेढ घण्टासम्म सडकमा हिँडेको घटनाले सिंगो भारत स्तब्ध भएको छ ।

बलात्कारमा परेकी ती बालिकाको योनी छेद भए पछि रक्ताम्मे शरीर लिएर दुई घण्टा सडकमा हिडदा पनि कसैले पनि उनलाई सहयोग नगरेको घटनाले सिंगो भारत स्तब्ध भएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार महाकालको सहर उज्जैनबाट दिल्लीको निर्भया जस्तो बलात्कारको घटना बाहिर आएको हो । सो बलात्कारपछि नाबालिगको गोप्य भागमा क्षति पुगेको थियो । उनी साढे दुई घण्टासम्म अर्धनग्न अवस्थामा महाकाल नगरमा घुमिरहेकी थिइन् । कसैले सहयोग पनि गरेनन् ।

दिल्लीको निर्भयाको बलात्कारको घटना झैँ सो घटनालाई दाँजेर हेरे पछि भारतीय राजनीति गरम भएको छ । कांग्रेस नेता राहुल गान्धीले पनि यस विषयमा आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् र राज्य सरकारलाई घेराऊ गरेका छन् । उनले मध्य प्रदेशमा १२ वर्षीया बालिकामाथि भएको जघन्य अपराध भारत माताको मुटुमा चोट लागेको ट्विटरमा लेखेका छन् ।

‘मध्य प्रदेशमा नाबालिग बालिका विरुद्धको अपराध र बलात्कारका घटनाहरू सबैभन्दा धेरै छन् । अपराधीहरू ती अपराधीहरू हुन्, जसले यी अपराधहरू गरे। साथै, राज्यको भाजपा सरकार छ, जो छोरीहरूको रक्षा गर्न असमर्थ छ। न्याय छैन, कानुन व्यवस्था छैन र अधिकार छैन । आज मध्य प्रदेशका छोरीहरूको अवस्था देखेर सिंगो देश लज्जित छ। तर प्रदेशका मुख्यमन्त्री र देशका प्रधानमन्त्रीलाई लाज लाग्दैन– चुनावी भाषण, खोक्रो वाचा र झूटा नाराका बिचमा छोरीको चिच्याहटलाई दबाएका छन्’ उनको आरोप छ ।

तर, सो प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रको भनाइ बाहिर आएको छ । उज्जैन घटनाको छानबिन गर्न एसआईटी गठन गरिएको उनले जानकारी दिएका छन् । उनका अनुसार एक जना संदिग्धलाई पनि नियन्त्रणमा लिएको छ र छानबिन भइरहेको छ । र, छानबिनका आधारमा कडा कारबाहीसमेत गरिने छ ।

    सम्बन्धित समाचार...