१६ बैशाख २०८१, आईतवार

संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा

Deepak Khadka

नेपाली कांग्रेस संखुवासभाका सभापति दीपक खड्काले सभापति पदबाट राजीनामा दिएका छन् । खड्काले पार्टी सभापति शेरबहादुर देउवासमक्ष जिल्ला सभापतिबाट राजीनामा बुझाएका हुन् । उनले आफू निर्वाचित सांसद भएको कारण अधिकांश समय काठमाडौंमा नै बस्नुपर्ने बाध्यता भएकोले जिल्लामा पार्टीको संगठन विस्तारमा समय दिन नसकेको कारण राजीनामा दिएको स्पष्ट पारेका छन् ।

उनले सभापति देउवालाई बुझाएको राजीनामापत्रमा भनिएको छ–‘म हाल प्रतिनिधिसभा सदस्य रहेको र प्रतिनिधिसभाको गतिविधिमा संलग्न हुनुपर्ने भएको कारण काठमाडौंमा नै धेरै समय बिताउनुपर्ने अवस्था छ । जसकाकारण जिल्लाको पार्टी संगठनलाई चाहेरपनि पर्याप्त समय दिन सकिरहेको छैन भन्ने मलाई अनुभूति भएको छ ।’

उनले पार्टी संगठन सुदृढ गर्न सहज होस भन्ने असल चाहानाले नै आफूले कांग्रेस जिल्ला कार्यसमितिको सभापतिबाट राजीनामा दिने निर्णय गरेको स्पष्ट पारेका छन् । उनले थप भनेका छन्–‘अतः मेरो राजीनामा स्विकृत गरी विधानबमोजिम जिल्लाका अन्य साथीहरुबाट सभापति चयन गरी पार्टी संगठन सुदृढीकरणमा परिचालन गर्नु गराउनुहुन अनुरोध गर्दछु । म जिल्ला सभापति पदमा नरहेतापनि अब बन्ने सभापतिलाई सहयोग गर्दै पार्टीको बफादार सिपाहीको रुपमा निरन्तर पार्टी र जनताको काममा क्रियाशिल रहने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।’

    सम्बन्धित समाचार...