४ जेष्ठ २०८१, शुक्रबार

हिम्मत भए गिरिबन्धुको फाइल खोलेर कारबाही गर्न सरकारलाई केपी ओलीको चुनौती

KP Oli

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापामा रहेको गिरीबन्धु टि स्टेट्सको फाइल खोल्न चुनौती दिएका छन् ।

एमाले बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले उक्त प्रकरणको फाइल खोलेर हिम्मत भए एमाले नेताहरुलाई जेलमा हाल्न सरकरालाई चुनौती दिएका हुन् ।

‘प्रधानमन्त्रीले गिरिबन्धुको फाइल खोल्छु भन्नुभयो, गठबन्धनका को–को जेल जान मन छ, जानुस् । (हामीलाई) फाइलसँग कुनै त्रास छैन, फाइल खोल, कारबाही गर,’ ओलीले भने ।

ओली प्रधानमन्त्री रहेको समयमा झापाको गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टासम्बन्धी कानूनी प्रबन्ध तयार भएको थियो । तर, ओलीले गिरिबन्धुको फाइलसँग एमालेको त्रास नभएको बताए ।

    सम्बन्धित समाचार...