२४ बैशाख २०८१, सोमबार

युवती बलात्कार आरोपमा बालक पक्राउ

Rape 2
सांकेतिक तस्विर

बझाङमा युवती बलात्कार आरोपमा एक बालक पक्राउ परेका छन् । छबिसपाथिभेरा गाउँपालिका बस्ने २८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा १३ वर्षीयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शारीरिक रुपमा अशक्त युवतीलाई बलात्कार गरेर फरार भएका बालकलाई पुरानो घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।

युवतीमाथि बलात्कार भएको उनकी आमाले देखेपछि घटनाबारे थाहा भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार...