१६ बैशाख २०८१, आईतवार

मलंगवाको कर्फ्यू दिउँसोलाई हट्यो

mag

सर्लाहीको मलंगवामा चार दिनदेखि जारी कर्फ्यू दिउँसोको समयमा हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा संयन्त्रको बैठकले सोमबार बिहान १० बजेदेखि लागु हुने गरी दिउँसोको कर्फ्यू हटाउने निर्णय गरेको हो । बैठकले साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु कायमै राख्ने निर्णय गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे भन्छन्, ‘अहिले दुई पक्षबीच हुने झडपको सम्भावना कम भएकाले कर्फ्यु हटाउने निर्णय भएको हो ।’

असोज ४ गते बेलुकी दुई पक्षबीच झडप भएपछि अप्रिय घटना हुन नदिन भन्दै जिल्ला प्रशासनले मलंवामा क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू लगाएको थियो ।

    सम्बन्धित समाचार...