६ जेष्ठ २०८१, आईतवार

चीन–नेपालबीच १२ बुँदे समझदारीमा हस्ताक्षर (फोटोफिचर)

prac chi

नेपाल र चीनबीच विभिन्न विकास परियोजनाअन्तर्गत १२ वटा सम्झौतामा हस्ताक्षर भएको छ ।

बेइजिङस्थित ग्रेटहल अफ दि पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी ली छ्याङबीचको भेटवार्तापछि द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।

कृषि, पूर्वाधार, विद्युतलगायतका १२ वटा परियोजनामा हस्ताक्षर भएको स्रोतले बतायो । प्रधानमन्त्री सचिवालय स्रोतले कान्तिपुर टेलिभिजनलाई भन्यो, ‘१२ वटा सम्झौता र एउटा ‘लेटर अफ एक्सचेन्ज’ मा हस्ताक्षर भएको छ ।’

सम्झौताको औपचारिक जानकारी संयुक्त प्रेस विज्ञप्तिमार्फत गराइने स्रोतले बतायो ।

प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षी छ्याङबीच भेटवार्ता अघि चिनियाँ जनमुक्ति सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो । यस्तै आजै बिहान प्रधानमन्त्री दाहाल र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लिजीबीच भेटवार्ता भएको थियो ।Nepalandchinaagreement1 1695616538Nepalandchinaagreement3 1695616928Nepalandchinaagreement6 1695616928Nepalandchinaagreement4 1695616928Nepalandchinaagreement5 1695616928Nepalandchinaagreement7 1695616928Nepalandchinaagreement8 1695616928

    सम्बन्धित समाचार...