१४ बैशाख २०८१, शुक्रबार

एफए कप सेमिफाइनलमा चेल्सी युनाइटेडसँग र आर्सेनल सिटीसँग भिड्ने

fa cup semi final

गए राती सम्पन्न तीन खेलपछी एफए कपको सेमीफाइनल समिकरण पुरा भएको छ । चेल्सी, आर्सनल र म्यान्चेस्टर सिटिले जित निकाल्दै सेमी फाइनल यात्रा तय गरेका हुन ।

म्यान्चेस्टर युनाइटेड यसभन्दा अगाडीनै नर्विच लाई हराएर सेमी फाइनलमा पुगी सकेको छ ।

जुलाई १८ मा हुने सेमी फाइनलमा म्यान्चेस्टर युनाइटेड र चेल्सी भिड्दै छन भने जुलाई १९ मा आर्सनल र म्यान्चेस्टर सिटी फाइनलको लागी भिडदै छन ।

arsenal shefield facup 2020

आइतबार राति भएको पहिलो खेलामा सेफिल्ड युनाइटेडलाई २–१ गोलले पराजित गर्दै आर्सनल सेमिफाइनल प्रवेश गरेको हो। खेलको २५ औं मिनटमा पेनाल्टीबाट अग्रता लिएको आर्सनलाई ८७औं मिनटमा सेफिल्डले बराबरी गरेको थियो । तर, खेलको इन्जुरी समय(९०+१)औ मिनेटमा गरेको दोस्रो गोलको मद्दतले आर्सनलले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

chelsea vs leicester facup 2020

त्यस्तै दोस्रो खेल लेष्टरको घरेलु मैदानमा लेष्टर र चेल्सीबिच भएको हो । क्वाटरफाइनल खेलमा चेल्सीका रोस बार्क्लीले ६३औ मिनेटमा गरेको गोलको मद्दतले चेल्सीले अन्तिम चारको स्थान सुरक्षित गरेको हो ।

city vs newcastle facup 2020

तेस्रो तथा अन्तिम खेलामा म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडलाई २–० ले पराजित गर्‍यो । ३७ औँ मिनेटमा पाएको पेनाल्टी र ६८ औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गको गोलले म्यानचेस्टर सिटीले क्वाटरफाइनलमा जित निकाल्दै सेमीफाइनलको यात्रा तय गरेको हो ।