२६ बैशाख २०८१, बुधबार

इरानमा हिजाब नलगाउने महिलालाई १० वर्षसम्म जेल सजाय

hijab

अब इरानमा महिलाले हिजाब नलगाउने तर टाइट लुगा लगाए भने कारबाही हुने भएको छ ।

हालै इराकी संसद्ले पारित गरेको विधेयकले हिजाब नलगाउने महिलालाई १० वर्षसम्मको जेल सजायको व्यवस्था गरेको हो ।

समाचार अनुसार अब इरानी महिलाहरूलाई हिजाब नलगाएमा अब १० वर्ष जेल सजाय हुनेछ। यति मात्र होइन, यी नियम र कानुन अब पुरुषमा पनि लागू हुनेछन् ।

हिजाब बिना महिलालाई सामान बेच्ने पुरुषलाई पनि कडा सजाय हुनेछ। इरानको संसद्ले सार्वजनिक रूपमा हिजाब लगाउन अस्वीकार गर्ने महिला र उनीहरूलाई समर्थन गर्नेहरूलाई भारी जरिवाना लगाउने विधेयक पारित गरेको हो ।

हिजाबका बारेमा हालै भएको छलफलमा २ सय ९० सदस्यीय इरानी संसदमा १ सय ५२ सांसद कारबाहीको पक्षमा थिए । प्रचलित कानुनको तुलनामा प्रस्तावित कानुनमा सजायको म्याद १० वर्ष पुर्‍याइएको छ । त्यस्तै नियम उल्लङ्घन गर्नेलाई ३ लाखदेखि ६ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

हिजाबको मजाक बनाउने कुनै पनि मिडिया वा एनजिओलाई पनि जरिवाना र जेल सजाय हुनेछ।

    सम्बन्धित समाचार...