२१ बैशाख २०८१, शुक्रबार

रियल म्याड्रिडका तीन खेलाडी नाबालिग यौन दुर्व्यवहारको आरोपमा पक्राउ

real

स्पेनिस प्रहरीले रियल म्याड्रिडका कम्तीमा तीन जना खेलाडीलाई पक्राउ गरेको छ ।

पहिचान गोप्य राखिएका ती खेलाडीले एक नाबालिगसँगको यौन भिडियो सामाजिक सञ्जाल मार्फत शेयर गरेको आरोपमा पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । पीडित नाबालिगकी आमाले यो मुद्दा सेप्टेम्बर ६ मा दायर गरेकी हुन् ।

गत महिना विश्वकप विजेता जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेका फुटबल महासंघका पूर्वप्रमुख लुइस रुबियालेसविरुद्ध यौन दुर्व्यवहारको घटना सेलाउन नपाउँदै अर्को घटना बाहिरिएको हो । त्यहाँको सबैभन्दा सफल क्लबको तेस्रो स्तरका खेलाडी पनि यौन दुर्व्यवहारको गतिविधिमा संलग्न भएपछि आक्रोशको लहर चलेको छ । रियल म्याड्रिडका अधिकारीले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।

छानबिनका क्रममा रियल म्याड्रिडको तेस्रो तहका एक जना खेलाडीले १६ वर्षीया पीडितसँगको यौन सम्बन्ध रेकर्ड गरेका थिए । सहमतिमै भएको भनिएको उक्त सम्बन्धको भिडियो अन्य दुई खेलाडीले सामाजिक सञ्जाल मार्फत शेयर गरेको बताइएको छ ।

म्याड्रिडमा हिरासतमा राखिएका तीनै जनालाई स्पेनको फौजदारी कानुन अन्तर्गत मुद्दा दायर गरिनेछ ।

    सम्बन्धित समाचार...