२३ बैशाख २०८१, आईतवार

यस्तो रहनेछ आजको मौसम

WEATHER rain

देशभर आंशिकदेखि सामान्य बदली भई कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकाका साथै आसपासको क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ । आज दिनभरजसो नै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। महाशाखाकाअनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

महाशाखाकाअनुसार भोलि र पर्सी (बिहीबार) सम्मै वर्षाको सम्भावना छ । भोलि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुने पूर्वानुमान छ । साथै बिहीबार राति बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ ।

    सम्बन्धित समाचार...