१७ बैशाख २०८१, सोमबार

ललिता निवास जग्गा प्रकरणमा ४ पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध किर्तेमा मुद्दा दर्ता

baluwa

ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा सरकारी वकिल कार्यालयले २९० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ पूर्वमन्त्री तथा ६ पूर्वसचिवसहितलाई किर्तेमा मुद्दा दायर गरिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २८६ जनाविरुद्ध किर्ते र संगठित अपराधमा मुद्दा चलाउन राय दिएकामा सरकारी वकिलले किर्तेमा मात्र मुद्दा चलाएको हो । संगठित अपराधमा प्रमाण नपुग्ने भन्दै सरकारी वकिलले किर्तेमा मात्र मुद्दा चलाउने निर्णय गरेको जिल्ला न्यायधिवक्ता काठमाडौंका महेशप्रसाद खत्रीले जनाए ।

मुद्दा चलाइएका राउत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका बहालवाला सचिव हुन् भने वैद्य गृह मन्त्रालयका सहसचिव हुन् । मुद्दा दर्ता गरिएकामध्ये उनीहरु नै सबैभन्दा उपल्लो तहका बहाल सरकारी अधिकारी हुन् ।

सचिव राउतले २०६६ सालमा जग्गाको सट्टा भर्नामा टिप्पणी उठाएका थिए । त्यही टिप्पणीमार्फत भूमाफियालाई जग्गा दिने बाटो खुलेको थियो । सहसचिव वैद्यमाथि मालपोत कार्यालय डिल्लीबजारमा हुँदा भूमाफियाको पक्षमा फर्जी कागजात बनाएर जग्गा हिनामिनामा संलग्न भएको आरोप छ ।

मुद्दा दायर गरिएका पूर्वमन्त्रीमा डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र सन्जय साह छन् भने पूर्वसचिवमा युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, नारायगोपाल मलेगो र रवीन्द्रमान जोशी छन् ।

    सम्बन्धित समाचार...