२३ बैशाख २०८१, आईतवार

दुम्कीबासमा बस दुर्घटना हुँदा २९ जना घाइते

a

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्कीबासमा यात्रुवाहक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

धनगढीबाट काठमाडौं आउँदै गरेको सु.प.प्र.०१–००१ ख २९८६ नम्बरको बस आज बिहान ब्रेक फेल भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।

घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । १२ जना घाइतेलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको र १७ जनाको जिल्ला अस्पताल कावासोतीमा उपचार भइरहेको छ ।

सवारी चालक पनि घाइते भएको र उनको प्रहरी निगरानीमा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

    सम्बन्धित समाचार...