५ जेष्ठ २०८१, शनिबार

यी चार प्रदेशमा आज मध्यम वर्षाको सम्भावना

weather aajko mausam

हाल गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतिर र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणतिर रहेको जनाएको छ । साथै भारतको ओडिसा र आसपासमा न्यून चापीय क्षेत्र रहेको छ।

आज दिउँसो देशभर आँशिकदेखि सामान्य बदली भई पहाडी भू-भागको केही स्थान र बाँकी भू- भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

राति कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

भोलि (आइतबार) देशको पहाडी भू-भागको केही स्थान र बाँकी भू-भागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ । साथै कोशी , बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।

राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

सोमबार पनि देशका विभिन्न स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी भू-भागको थोरै स्थानमा वर्षा हुनेछ । साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी भू-भागको थोरै स्थानमा वर्षाको सम्भावना छ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै पहाडी भू-भागको केही स्थान र बाँकी भू-भागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएपनि नदीको सतह बढ्ने, पहिरो तथा भू-क्षयको हुने सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

    सम्बन्धित समाचार...