१५ बैशाख २०८१, शनिबार

सत्ताधारी नेतालाई छानबिनको डरले समिति बनाइएन : योगेश भट्टराई

yogesh e1692249585301

नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ताधारी दलका उच्च तहका नेताहरू सुन काण्डमा संलग्न भएको दाबी गरेका छन् ।

उच्च स्तरीय छानबिन समिति बनाएर अगाडि बढ्दा अर्थमन्त्री देखि गृहमन्त्री समेत बयानको भागीदार बन्ने भएकै कारणले छानबिन समिति नबनाएको उनको तर्कसमेत छ ।

उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको प्रथम अधिवेशनमा सहभागी हुन महोत्तरी आईपुगेका सचिव भट्टराईले संसद् अवरुद्ध आफूहरूको रहर नभएको पनि बताएका छन् । एमालेले गरेको संसद् बैठक अवरुद्धलाई लिएर धेरैले थुप्रै प्रश्न उठाएका छन्,’उनले भने, हाम्रो माग एउटै हो उच्च स्तरीय छानबिन समिति बनोस्, निष्पक्ष छानबिन होस् ।’

उच्च स्तरीय छानबिन समितिले गृहमन्त्रीलाई समेत नछोड्ने भएकाले प्रधानमन्त्री प्रचण्डले नै यसलाई रोकेको सचिव भट्टराईको आरोप छ । २०७९ को निर्वाचनमा अपेक्षित परिणाम नआएको हुनाले देशमा अहिले भ्रष्टाचार र अपराधी गतिविधि बढेको जिकिर गर्दै भट्टराईले त्यसै कारणले पनि नेकपा एमालेले मिसन २०८४ बनाएको बताए । मिसन २०८४ निर्वाचन केन्द्रित भएको बताउँदै उक्त निर्वाचनमा स्थानीय देखि संघसम्म एमालेको नै बहुमत हुने भट्टराईले जिकिर गरेका छन् ।