३ जेष्ठ २०८१, बिहीबार

जनमत पार्टी दोस्रो पटक सरकारमा सहभागी हुदैँ

anitadevi shah janamat

सिके राउत नेतृत्वको जनमत पार्टी पुनः सरकारमा सहभागी हुने भएको छ ।

जसअनुसार जनमत पार्टीबाट मन्त्री सिफारिस भएकी अनितादेवी साहले आज पद तथा गोपनियताको शपथ लिने भएकी छिन् ।

शितल निवासस्थित राष्ट्रपति कार्यालयमा बिहान १०:०० बजे उनले पद तथा गोपनियताको सपथ लिने जनाईएको छ ।

सरकारको नेतृत्व गरिरहेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएसँगै जनमत पार्टीकी साह मन्त्री नियुक्त हुन लागेकी हुन ।

हिजो बसेको माओवादीको पदाधिकारी बैठकले सामान्य प्रशासन मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरे पछि नबनियुक्त मन्त्री साहलाई प्रधानमन्त्री दाहालले सोही मन्त्रालयको जिम्मेवारी दिनेछन कि अर्को ? भन्ने अझै निर्क्याैल भने हुन सकेको छैन ।

    सम्बन्धित समाचार...