२१ बैशाख २०८१, शुक्रबार

खाना पकाउने ग्यासको मूल्य १३० रुपैयाँले घट्यो

gas

सरकारले पेट्रोल, डिजेल, मट्टीतेलको भाउ बढाएको छ । मंगलबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको र ग्यासको घटाएको हो।

निगमले मंगलबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा ९ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ७ रूपैयाँ बढाएको जानकारी दिएको छ। त्यस्तै खाना पकाउने ग्यासको भाउ सिलिन्डरमा १३० रूपैयाँ घटाएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर आठ रूपैयाँ १४ पैसा र डिजेलमा ६ रूपैयाँ ८६ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १३० रुपैयाँले घटाएको छ । यसैगरी, पेट्रोल ९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढेको निगमले जनाएको छ ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले सो जानकारी दिएका हुन् । नयाँ मूल्य अनुसार, अब ग्यास प्रति सिलिन्डर एक हजार ६६०, पेट्रोल प्रतिलिटर १७३ र डिजेल र मट्टितेल १५३ पुगेको छ । हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

pr new.jpg

    सम्बन्धित समाचार...