५ जेष्ठ २०८१, शनिबार

ओलीको आरोप : क्विन्टल सुन सरकारकै मिलेमतोमा भित्रियो

kp oli
फाइल फोटो

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारकै मिलेमतोमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध एक सय किलो सुन बाहिरिएको दाबी गरेका छन् ।

आज (शनिबार) नेपालगञ्ज पार्टीको कार्यक्रममा पुगेका ओलीले उक्त घटनामा सरकारले नैतिक जिम्मेवारीसमेत नलिएको उनको आरोप छ । यस घटनामा सरकारले नैतिक जिम्मेवारीसमेत नदेखाएकामा उनले आपत्ति जनाए ।

‘एक दुई किलो सामान लिएर आउँदा भन्सार तिर्नुपर्छ भन्ने ठाउँबाट एक सय केजी सुन कसैले थाहै नपाइ, मेसिन पनि सुतेका बेला, मानिस पनि सुतेका बेला, जाँचकीलाई पनि छक्काएर फुत्त कसरी बाहिर आयो त ?’ उनले प्रश्न गरे ।

साथै, सरकारले देशलाई टाट पल्टाउने काम गरेको उनको आरोप छ । अहिलेको सत्ता गठबन्ध अपवित्र रहेको उनको भनाई छ ।

ओलीले वर्तमान सत्ता गठबन्धन अपवित्र, लक्ष्य र उद्देश्यविहीन ओरापसमेत लगाए । सरकारले मुलुकलाई आर्थिकरुपमा समेत टाट पल्टाइ सकेको आरोप लगाउँदै उनले कर्मचारीलाई साउन महिनाको तलब खुवाउन बजेट नभएको दाबी गरे ।