१७ बैशाख २०८१, सोमबार

युभेन्टसलाई कन्फ्रेन्स लिगबाट हटाउने निर्णय

juventus logo

इटालियन क्लब युभेन्टसले आगामी सिजनको युरोपा कन्फरेन्स लिग खेल्न नपाउने भएको छ ।

युरोपियन फुटबलको नियामक निकाय यूएफाले सिरी आ क्लबमाथि क्लब लाइसेन्सिङ र वित्तीय नियम उल्लंघन गरेको आरोपमा लिग खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्धसँगै उसलाई १७.१४ मिलियन पाउन्ड जरिवानासमेत तोकिएको छ । युइएफए ले यो कारबाही २०१२ देखि २०१९ को बीचमा भएको लेनदेनसँग सम्बन्धित रहेको जनाएको छ । युभेन्टसले यूएफाको निर्णयलाई स्वीकार गर्दै अपिल नगर्ने भएको छ ।

यस्तै प्रिमियर लिग क्लब चेल्सीलाई समेत अपूर्ण वित्तीय जानकारी पेस गरेको आरोपमा ८.५७ पाउन्ड जरिवाना गरिएको छ । चेल्सी पनि तोकिएको जरिवाना तिर्न सहमत भइसकेको छ ।चेल्सीका नयाँ मालिक टोड बोहलीले २०२२ को मेमा क्लबको जिम्मेवारी सम्हालेयता १९ नयाँ खेलाडी खरिद गर्दा करिब ६०० मिलियन पाउन्ड खर्च गरेका छन् । तर युइएफएले गरेको जरिवाना भने सात वर्षदेखिको रहेको छ ।

गत सिजनको सिरी आको सातौं स्थानमा रहँदै युभेन्ट्स कन्फरेन्स लिग प्लेअफ राउन्डका लागि छनोट भएको थियो ।

    सम्बन्धित समाचार...