२१ बैशाख २०८१, शुक्रबार

किन लगातार ओरालो लाग्यो सेयर बजार ?

stock

मौद्रिक नीति सार्वजनिक भएकै दिन ६३ अंकले बढेको सेयरबजार त्यसयताका तीन दिन भने लगातार घटेको छ ।

सेयरको जोखिम भार घटेको भन्दै उत्साहित भएर लगानी बढाएका लगानीकर्ता राष्ट्र बैंकले ५० लाखसम्मको ऋणमा मात्रै जोखिम भार घटाएको बताएपछि निराश भएका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबारदेखि घट्न सुरु गरेको सेयर बजार बिहीबारसम्म पनि ओरालो लाग्ने क्रम जारी छ । हिजो (बुधबार) सेयरबजार ८.११ अंकले घट्यो । मौद्रिक नीति सार्वजनिक भएयता ७१ अंकले घटेको थियो । एक सेयर ऋणीले १२ करोडभन्दा बढी ऋण लिन नपाइने व्यवस्था खारेज हुने अपेक्षा लगानीकर्ताले गरेका थिए । आज बिहीबार शेयर कारोबारमा २९ दशमलव ७१ अङ्कले ओरालो लागेर दुई हजार एक सय २६ दशमलव ४८ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव २६ अङ्कले ओरालो लागेर चार सय तीन दशमलव ८४ मा सीमित भएको हो ।

आज कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै गिरावट आएको छ । कूल ६२ लाख ७१ हजार सात सय ७७ कित्ता शेयर दुई अर्ब ४२ करोड ५७ लाख ८० हजार सात सय ८० मूल्यमा खरिद बिक्री भएका छन् ।

नेप्सेका अनुसार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको १० करोड ५७ लाख ५९ हजार नौ सय ६६ मूल्यमा खरिद बिक्री भएका छन् ।

यस्तै हिमालयन लाइफ इन्स्योरेन्स आठ करोड ३६ लाख ६० हजार पाँच सय ७३,प्रोगेसिभ फाइनान्स छ करोड ८० लाख ७७ हजार,नेपाल पुनरबीमा कम्पनी छ करोड ११ लाख ७१ हजार र एभरेष्ट बैंक छ करोड तीन लाख ८० हजार, छ सय १६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, एनआइसी एशिया फ्लेक्स फण्ड सात दशमलब ३९, मनकामना स्मार्ट लघुवित्त पाँच दशमलव ९०, इमर्जिङ नेपाल पाँच दशमलव ६६, अभियान लघुवित्त पाँच दशमलव ६१ र सिक्लेस हाइड्रोपावरको शेयर मूल्य चार दशमलव शून्य नौ प्रतिशतले बढेको छ ।

यस्तै, किसान लघुवित्त आठ दशमलव ६८, प्रोगेसिभ फाइनान्स चार दशमलव ९८, माइ खोला हाइड्रोपावर चार दशमलव ९०, मिथिला लघुवित्त चार दशमलव ६७ र बरुण हाइड्रोपावरको शेयर मूल्य चार दशमलव २० प्रतिशतले घटेको छ ।

साथै सेयरको जोखिम भारसमेत १५० बाट एक सयमा झार्ने अपेक्षा उनीहरुको थियो । तर, ५० लाखसम्मको कर्जामा मात्रै जोखिमभार घटाएर एक सय कायम गरिएको राष्ट्र बैंकले बताएपछि लगानीकर्ता पुनः निराश भएको वित्त विश्लेषक मुक्ति अर्यालको बुझाइ छ । ५० लाखभन्दा बढीको सेयरकर्जामा भने जोखिमभार १५० नै कायम गरिने जनाइएको छ ।

बजारमा अधिक तरलताका कारण निरन्तर ब्याज घट्ने संकेत देखिएको थियो । तर पछिल्ला समयमा पुन: बैंकहरुबीच कारोबार हुने अन्तरबैंक ब्याजदर उकालो लाग्न थालेको छ । असार मसान्तमा २ प्रतिशत हाराहारीमा रहेको अन्तरबैंक ब्याजदर अहिले साढे ६ प्रतिशते हाराहारीमा छ ।

नेपाल राष्ट्र बैंकले बजारमा तरलता उच्च भएको भन्दै असारयता बजारबाट ६० अर्ब रुपैयाँबराबरको रकम खिचेको छ । साथै असार मसान्तपछि वाणिज्य बैंकहरुमा स्थानीय तहले जम्मा गरेको रकम निक्षेपको रुपमा गणना गर्न नपाइने भएपछि बैंकिङ क्षेत्रमा ८५ अर्ब जति रकम घटेको छ ।

    सम्बन्धित समाचार...