४ जेष्ठ २०८१, शुक्रबार

फेरि मनसुन सक्रिय चार प्रदेशमा भारी वर्षाको सम्भावना

WEATHER rain

आंशिकदेखि सामान्य बदली भई हाल मधेश प्रदेशका एक-दुई स्थान तथा देशका बाँकी भू-भागका थोरै स्थानमा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशसहित अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्क देखि मध्यम वर्षा तथा देशका बाँकी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुनेछ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । यस्तै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

भोलि (मंगलबार) दिउँसो पनि गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुनेछ । यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

राति सबै प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

बुधबार कुनै पनि प्रदेशमा भारी वर्षाको सम्भावना छैन । तर कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

राति सुदूरपश्चिम प्रदेशका केही स्थान, देशका बाँकी पहाडी भू-भागका थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    सम्बन्धित समाचार...