१७ बैशाख २०८१, सोमबार

प्रश्नपत्र बाहिरिएपछि नतिजा स्थगित

Nursing

नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता (लाइसेन्स) परीक्षाको प्रश्नपत्र बाहिरिएको छ । नर्सिङ काउन्सिलले शनिबार लिएको परीक्षामा सिद्धार्थ वनस्थली स्कुलमा रहेको परीक्षा केन्द्रबाट तीन जना विद्यार्थीले प्रश्नपत्र खिचेर बाहिर पठाएको भन्दै सम्पूर्ण परीक्षाफल प्रकाशन हाललाई स्थगित गरिएको छ ।

काउन्सिलका अध्यक्ष सरला केसीका अनुसार प्रश्नपत्र बाहिर लैजाने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु छ । उनले उक्त प्रश्नपत्र फेसबुकको समूहमार्फत बाहिर गएको जानकारी दिँदै यस विषयमा प्रहरीको साइबर ब्युरोबाट अनुसन्धान भइरहेको र त्यसको अनुसन्धानपछि मात्र परीक्षाफल प्रकाशित गर्नेबारे निर्णय लिइने बताए । पक्राउ परेका तीन जनालाई म्याद थप गरी अनुसन्धान गरिने जानकारी उनले दिए ।

प्रहरीले नियन्त्रणमा लिएका तीन जनाले प्रश्नपत्र खिचेर बाहिर पठाउनुका साथै सामाजिक सञ्जालमा हालेका थिए । प्रहरीले परीक्षार्थी पक्राउ गरेपछि काउन्सिलको आकस्मिक बैठकले परीक्षाको नतिजा स्थगन गरेको हो । गोरखापत्र दैनिकबाट

    सम्बन्धित समाचार...