१७ बैशाख २०८१, सोमबार

बिहान सहमति, दिउँसो रडाको

oli prachand deub

अवरुद्ध सदन खुलाउन आइतबार प्रमुख तीन दलका शीर्ष नेताबीच ‘सहमति’ भए पनि बैठकपछि प्रमुख विपक्षी दल एमालेले नयाँ सर्त अघि सार्दा आइतबार बस्ने भनिएको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भएको २ घण्टा लामो छलफलमा एमालेले संसद्को अवरोध हटाउने र प्रधानमन्त्री दाहालले आफ्नो अभिव्यक्तिबारे सदनमा स्पष्टीकरण दिने सहमति भएको थियो । सो सहमतिपछि आइतबार १ बजेका लागि बोलाइएको बैठक ३ बजेलाई सारिएको पनि थियो । तर, सिंहदरबारमा भएको सहमति आधा घण्टापछि नै ‘एमालेले नमान्दा’ संसद बैठक बस्न नसकेको हो ।

‘प्रधानमन्त्रीले अभिव्यक्ति फिर्ता लिनुहुन्छ भने हामी पनि संसद् अवरुद्ध गर्दैनौं’ भनेका ओली किन आफ्नो पूर्ववत् भनाइमा अडिन सकेनन् त? प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवासँग के समझदारी भयो भन्ने सञ्चारकर्मीको जिज्ञासामा ‘भरे देख्नुहुन्छ‘’ भन्ने जवाफ दिएका ओली किन पछि हटे त ?

स्रोतहरूका अनुसार, सिंहदरबारबाट सहमति गरेर निस्केको आधा घण्टामै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई फोन गरेर संसद् बैठक सञ्चालनका लागि थप सर्त अघि सारेका थिए । सर्त पूरा नभए बैठक सञ्चालन गर्न नदिने पनि बताएका थिए ।

शीर्ष नेताको बैठकमा संसद् सञ्चालनका लागि हाँसीखुसी निस्किएका एमाले अध्यक्ष ओलीको असन्तुष्टि प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जारी गरेको विज्ञप्ति र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ट्वीटरमा लेखेको विषय थियो ।

एमालेले संसद् अवरोध गरेपछि प्रेस सल्लाहकार आचार्यले प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर प्रेस विज्ञप्ति जारी गरेका थिए । प्रेस सल्लाहकार आचार्यले पुस्तक विमोचनको प्रसंग लिएर प्रमुख प्रतिपक्षी दलले नियोजित रूपमा संसद् अवरोध गर्दा मिटरब्याजीलाई कारबाही गर्न ल्याइएको विधेयक संसद्बाट पारित नभई निष्क्रिय हुँदा मिटरब्याजपीडित लाखौं नेपाली किसानको न्यायप्राप्तिको अपेक्षामा गम्भीर आघात पुगेको, संकुचित राजनीतिक मानसिकताका साथ प्रधानमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा सरकारले चालेका कदमको विरोध र सिंगो संसद्को नै अपमान हुन जाने तथ्यसमेत हेक्का राख्नुपर्ने र यस्ता कुनै पनि प्रकारका भ्रमबाट मुक्त रहन तथा सरकारको सुशासन अभियानमा ऐक्यबद्धता व्यक्त गर्न सबैमा अपिल गरेका थिए ।
सिंहदरबारमा सहमति गरेपछि नयाँ बानेश्वर आएका एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर नयाँ सर्त सार्नुको कारण उनमा प्रेस सल्लाहकार आचार्य र गृहमन्त्री श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा राखिएको विषय’दयगत ‘अपडेट’ नहुनु नै कारण मानिएको छ ।

स्रोतहरूका अनुसार, प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले २१ असारमा विज्ञप्ति निकालेको भए पनि ओलीले आइतबार मात्रै पढेका थिए । ओलीलाई आचार्यको विज्ञप्ति’दयगत कसैले जानकारी गराएका रहेनछन् ।

‘प्रेस सल्लाहकार आचार्यको विज्ञप्ति पूरै पढेपछि आक्रोशमा आएका ओलीले ‘प्रेस सल्लाहकारले निकालेको विज्ञप्तिमा एमालेप्रति गम्भीरआरोप लगाउनुभएको रहेछ, त्यो फिर्ता लिन्छु भन्नुस् । विज्ञप्तिमा उल्लेख भएअनुसार गल्ती गरेको हो भने प्रमाणित गरेर, समातेर लैजानुभएहुन्छ’ भनेर भनेको स्रोतको भनाइ छ ।

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवासँग संसद् सञ्चालन गर्न दिने सहमति गरेर निस्किएका ओली प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्य र गृहमन्त्री श्रेष्ठको टिप्पणीप्रति ‘अपडेट’ भएपछि उनले पुनः राजीनामाको अडान दोहो¥याएका छन् ।
सिंहदरबारमा सहमति गरेपछि नयाँ बानेश्वर आएका एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर नयाँ सर्त सार्नुको कारण उनमा प्रेस सल्लाहकार आचार्य र गृहमन्त्री श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा राखिएको विषय’दयगत ‘अपडेट’ नहुनु नै कारण मानिएको छ ।

स्रोतहरूका अनुसार, प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले २१ असारमा विज्ञप्ति निकालेको भए पनि ओलीले आइतबार मात्रै पढेका थिए । ओलीलाई आचार्यको विज्ञप्ति’दयगत कसैले जानकारी गराएका रहेनछन् ।

‘प्रेस सल्लाहकार आचार्यको विज्ञप्ति पूरै पढेपछि आक्रोशमा आएका ओलीले ‘प्रेस सल्लाहकारले निकालेको विज्ञप्तिमा एमालेप्रति गम्भीरआरोप लगाउनुभएको रहेछ, त्यो फिर्ता लिन्छु भन्नुस् । विज्ञप्तिमा उल्लेख भएअनुसार गल्ती गरेको हो भने प्रमाणित गरेर, समातेर लैजानुभएहुन्छ’ भनेर भनेको स्रोतको भनाइ छ ।

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवासँग संसद् सञ्चालन गर्न दिने सहमति गरेर निस्किएका ओली प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्य र गृहमन्त्री श्रेष्ठको टिप्पणीप्रति ‘अपडेट’ भएपछि उनले पुनः राजीनामाको अडान दोहो¥याएका छन् । ‘राजधानी दैनिकबाट

    सम्बन्धित समाचार...