१६ चैत्र २०८०, शुक्रबार

सुशान्तसिंह राजपूत आत्महत्या प्रकरणमा सलमान खानदेखि रिया चक्रावर्तीसम्म शंकाको घेरामा

rhea chakraborty sushant singh rajput

अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्यासँगै बलिउडमा अनेक शंका–उपशंका सुरु भएको छ । केही कलाकारले राम्रा फिल्ममा अवसर नपाएका कारण सुशान्त आत्महत्या गर्न बाध्य भएको प्रतिक्रिया दिइरहेका छन् । केहीले यो व्यक्तिगत विषय भएको भन्दै हल्का टिप्पणी नगर्न आग्रह गरेका छन् ।

यसैबीच रिया चक्रावर्तीविरुद्ध सुशान्त सिंहलाई आत्महत्या गर्नका लागि बाध्य पारेको आरोपमा शनिबार बिहार अदालतमा दुरुत्साहन मुद्दा दर्ता भएको छ । मुजफ्फरपुरवासी कुन्द कुमारले चक्रावर्तीविरुद्ध उजूरी दिएका हुन् । २४ जुनमा यस विषयको सुनुवाई हुनेछ ।

यसअघि स्थानीय अधिवक्ता सुधिरकुमार ओझाले दुरुत्साहनकै आरोपमा बलिउडका चर्चित सेलिब्रेटीहरु सलमान खान, आदित्य चोपडा, करण जोहार, सञ्जय लिला भन्साली र एकता कपूरविरुद्ध उजूरी गरेका थिए । यी ठूला कलाकारहरुले सुशान्तको करियर डुबाउने र उनलाई नयाँ स्टार बन्नबाट रोक्ने प्रयास गरेको उनको आरोप थियो । अधिवक्ता ओझाकाअनुसार सुशान्तलाई ७ वटा फिल्मबाट निकालिएको थियो भने उनका केही फिल्मलाई रिलिज हुनबाट रोकिएको थियो । प्रहरीले यस विषयमा छानविन गरिरहेको छ ।

१४ जुनमा मुम्बईस्थित आफ्नै निवासमा सुशान्त मृत भेटिएका थिए । रियाविरुद्ध सुशान्तलाई आर्थिक र मानसिक रुपमा शोषण गरेको आरोप लागेको छ । मुम्बई प्रहरीले पनि उनीसँग बयान लिइसकेको छ र प्रहरीले रियासहित १५ व्यक्तिको बयान रेकर्ड गरेको छ । प्रहरीसँगको बयानमा रियाले आफु सुशान्तसँग डेटिङमा रहेको स्वीकार गरेकी छिन् ।

सुशान्‍तको निधनले विक्षिप्त बनेका ३ जनाले गरे आत्महत्या

सुशान्त सिंह राजपुतले आत्महत्या गरेको केही दिनमै उनका फ्यानहरुले पनि आत्महत्या गरिरहेको खबरहरु बाहिरिएको छ ।

सुशान्तका फ्यान रहेका उत्तर प्रदेशका एक ११ वर्षीय बालकले पनि आमाको सलको पासो लगाएर आत्महत्या गरेका छन् । उनको मृत्युसँगै सुशान्तका सम्झनामा आत्महत्या गर्नेको संख्या ३ पुगेको नवभारत टाइम्सले जनाएकाे छ ।

ती ११ वर्षीय बालक उत्तर प्रदेशको हापुड जिल्लामा सुशान्तको मृत्युपछि पीडामा थिए । परिवारका सदस्यका अनुसार ती बालक सुशान्तका ठूलो फ्यान थिए । उनको मृत्युबाट एकदमै दुःखी भएका थिए ।

यसअघि सुशान्तको मृत्युबाट निराश विशाखापट्टनममा २१ वर्षीय महिला र अंडमानस्थित पोर्ट ब्लेयरमा १५ वर्षीया किशोरीले फासी लगाएर आत्महत्या गरेका थिए। त्यसैगरी उत्तर प्रदेशको बरेली र विहारको पटनामा पनि एक–एक जनाले आत्महत्या गरेका गरिसकेका छन् ।

१४ जुनमा मुम्बईको बांद्रास्थित आफ्नो फ्ल्याटमा झुण्डिएको अवस्थामा सुशान्तको शव फेला परेको थियो । उनी पछिल्लो केही समययता डिप्रेशनमा थिए । प्रहरीले यो घटनामा १६ जनाको बयान लिएको छ । उनको निधनपछि भारतमा आत्महत्याको ट्रेण्ड बढेको बताइएको छ।

त्यस्तै यता विभिन्न आरोप लागेपछि सलमान खानले पनि मुख खोलेका छन् । सुशान्तसिंह राजपुतको निधनपछि बलिउडमा परिवारवाद र नातावादका विषयमा चर्को बहस भइरहेको छ। अभिनेता खानमाथि पनि यही आरोप लागेको छ ।

उनलाई सुशान्तको मृत्युको कारणको रुपमा समेत हेरिएको छ । बिहार मुजफ्फरपुर अदालतमा त सलमानसहित बलिउडका ८ जनाविरुद्ध मुद्दा नै परेको छ। आरोप तथा मुद्दाले सलमानमाथि दर्शकहरु पनि खनिएका छन्।

आफूमाथि अनेक खालका आरोप तथा मुद्दा लागेपछि सलमानले मुख खोलेका छन् । उनले आफ्ना फ्यानलाई सुशान्तको परिवार तथा फ्यानलाई साथ दिन अपिल गरेका छन्।

एजेन्सी