१७ बैशाख २०८१, सोमबार

सातै प्रदेशका मुख्यमन्त्रीहरु भेला हुदैँ पोखरामा

nepal map

आज सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेला हुदैँछ ।

त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार पोखरा आउने कार्यक्रम यसअघि नै तय भईसकेको छ ।

गण्डकी प्रदेश सरकारको आयोजनामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको पोखरामा भेला हुन लागेका हुन । उनीहरु दुई दिनसम्म पोखरामा संघीयता र प्रदेशका हक अधिकारका बारेमा छलफल गर्नेछन् ।

तर, कोशी प्रदेशका मुख्यमन्त्री आउने नआउने भन्ने बारेमा अन्यौल कायमै रहेको छ । आज कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने भए पछि पोखरामा हुने यस कार्यक्रममा उनकाे उपस्थिति अन्यौलमा परेको हो ।

गण्डकी प्रदेश सरकारकी प्रवक्ता तथा ऊर्जा मन्त्री सरस्वती अर्यालका अनुसार यसअघि जेठ १० का लागि तोकिएको भेला प्रावधिक कारण सम्पन्न हुन नसके पनि यसपटक बोलाईएको भेला भने शुक्रवार र शनिवार गरी दुई दिनसम्म चल्नेछ ।

आजबाट सुरु हुने सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला दोस्रो हो । पहिलोपटक २०७५ भदौ २१ र २२ गते गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको पहलमा पहिलो पटक मुख्यमन्त्रीहरुको भेला भएको थियो ।

    सम्बन्धित समाचार...