
फाइल फोटो
बिहीबार दिउँसो आएको पहिरोको कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडक खण्डमा पुनः अर्को पनि पहिरो खसेपछि थप समस्या भएको छ ।
बिहीबार आएको पहिरो बिहानदेखि पन्छाउन सुरु गरिएको भए पनि पुन अर्को पहिरो खसेपछि राजमार्ग सुचालु हुन थप समय लाग्ने भएको छ । पहिरो खस्ने क्रम नरोकिएको मुग्लिन प्रहरीले जनाएको छ ।
हिजोदेखि पहिरो आउन थालेपछि सो सडक खण्ड अवरुद्ध हुँदा हजारौँ यात्रु मुग्लिन खण्डमा रोकिएका छन् ।
पहिरोकाकारण अवरुद्ध बनेको मुग्लिन-नारायणगढ सडक खण्डमा रातभर सवारी साधनको लामो लाइन भएकाले सवारी व्यवस्थापन कठिन भएपछि काठमाडौंबाट नारायणगढतर्फ जाने सवारीलाई धादिङको गल्छीमा रोकिएको छ ।
पहिरो पन्छाउन लामो समय लाग्ने भएकाले यात्रुले वैकल्पिक बाटो प्रयोग गर्नु राम्रो हुने मुग्लिन प्रहरीको भनाइ छ ।