१२ बैशाख २०८१, बुधबार

ललितपुरमा समेत गरेर ४२१ जनामा कोरोना संक्रमण, थप एक जनाको निधन

corona virus illustration

पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या नौ हजार २६ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने एक हजार ७७२ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १९४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनका अनुसार नयाँ संक्रमित हुनेहरुमा झापाका ६, उदयपुरका ५, मोरङका २, सुनसुरीका ३, धनुषाका ८, महोत्तरीका २, सप्तरीका २, बाराका ३, अर्घाखाँचीका ७४, डडेलधुराका ४१, डोडीका २७, गुल्मीका ७, कैलालीका २७, कपिलवस्तुका २५, नवलपरासी पश्चिमका २२, नुवाकोटका १, प्यूठानका २०, रामेछापका १, रुपन्देहीका २, सर्लाहीका ५, सिरहाका ५२, ललितपुरका १, पाल्पाका ४, बागलुङका २३, कास्कीका १, स्याङ्जाका १०, मनाङका १, म्याग्दीका ४, नवलपरासी पूर्वका २, पर्वतका २, तनहुँका ४, बाँकेका १, बर्दियाका ३, रोल्पाका ४, दाङका १०, दैलेखका १, सल्यानका ६, सुर्खेतका २, अछामका २, बैतडीका २, बझाङका २ र कञ्चनपुरका १ जना रहेका छन् । 

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ९०२६ पुगेको छ । जससध्ये ८२०६ पुरुष र ८२० महिला रहेका छन् । पछिल्लो २४ घण्टामा १९३ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या १७७२ पुगेको छ । समध्ये १६२३ पुरुष र १४९ महिला रहेका छन् ।

थप एक जनाले ज्यान गुमाएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ । 

गुल्मीकी ६९ पुरुषको असार ५ गते मृत्यू भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।

उनी उपचारका लागि भारत गएका थिए । प्यारालाइसिसका बिरामी भएका उनी जेठ २५ गते नेपाल फर्किएका थिए । क्वारेन्टाइनमा रहेका उनको असार ५ गते घरमै मृत्यू भएको हो । उनको स्वाब परीक्षण गर्दा ६ गते कोरोना संक्रमणको पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिए । उनको शवलाई सेनाको सहयोगमा असार ६ गते व्यवस्थापन गरिएको छ ।

कोरोना संक्रमण समूदायस्तरमा फैलिएको छैनः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको संक्रमण समूदायस्तरमा पुगिनसकेको जनाएको छ। नियमित प्रेस ब्रिफिङमा क्रममा आइतबार रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले अधिकांश संक्रमित विदेशबाट आएकाले समूदायस्तरमा संक्रमण नगएको पुष्टि भएको दाबी गरे।

उनले कुल ९ हजार २६ जना संक्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएको जनाए। जसमध्ये पनि धेरैजसो भारतबाट आएको उनले जानकारी दिए। कुल संक्रमितमध्ये ९२ प्रतिशत पुरूष छन् भने १५ देखि ५४ वर्ष उमेर समूहका बढी छन्।

साथै ९८ प्रतिशत संक्रमितमा लक्षण नभएका र संक्रमितमध्ये गम्भीर प्रकारका बिरामी कम रहको मन्त्रालयको भनाइ छ।

मृत्यु भएका २३ जनामध्ये सबै कोरोनाकै कारणले मृत्यु नभएको डाक्टर पाण्डेले दाबी गरे। उनले धेरै बिरामी किड्नी र दमका रोगी भएकाले उनीहरूको दीर्घ रोगको कारण मृत्यु भएको बताए।

महाशाखाको संयोजकत्वमा प्रदेश र स्थानीय तहहरूसँगको सहकार्यमा कन्ट्याक्ट ट्रेसिङको संयन्त्रले काम गरिरहेको र थप संयन्त्र विस्तार हुने क्रमले कन्ट्याक्ट ट्रेसिङको काम थप प्रभावकारी रहने उनको भनाइ छ। अहिले महाशाखामा २० वटा टोली र प्रत्येक प्रदेशमा तीन वटा टोलीले कन्ट्याक्ट ट्रेसिङको काम गरिहेको पाण्डेले जानकारी दिए।