४ जेष्ठ २०८१, शुक्रबार

उपप्राध्यापक चलाउनेको रिटकाे सुनुवाइ न्यायाधीश मनोजकुमार शर्माको इजलासमा

Prem Chalaune16871593571687161186

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफूविरुद्ध आक्रमण गर्ने व्यक्तिउपरको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध दिएको रिटमाथि सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ हुँदै छ ।

उक्त रिटमाथिको सुनुवाइ सर्वाेच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको इजलासमा हुने भएको छ ।

आफूमाथि सांघातिक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय बदरको माग गर्दै उनले बुधबार सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । उनले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत माग गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० मा त्रिवि परिसर कीर्तिपुरमा आक्रमण गरेको आरोप लागेका नेविसंघका हरि आचार्य, योगेन्द्र रावलसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा थियो । तर, उक्त मुद्दा सरकारले फिर्ता लिएको छ । जसविरुद्ध चलाउने अनशन बस्ने भन्दै गत सोमबार जिल्ला अदालत पुगेका थिए । सो क्रममा उनीसहितलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो ।

    सम्बन्धित समाचार...