२१ बैशाख २०८१, शुक्रबार

नेपाल पहिलो पटक विश्वकप क्रिकेट विजेता वेस्ट इन्डिजसँग भिडदै

354452081 657767473046303 3016691006866811703 n

आईसीसी विश्वकप ग्लोबल छनोटको तेस्रो खेलमा नेपालले आज वेस्ट इन्डिजको सामना गर्दैछ । दुई पटकको विश्व विजेतासँग नेपाल पहिलो पटक खेल्न लागेको हो । विश्व विजेतासँग नेपालले खेल्न लागेको यो पहिलो पटकसमेत हो ।

खेल नेपाली समयअनुसार दिउँसो पाउने एक बजे जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा हुने छ । समूह ‘ए’ को नेपाललाई वेस्ट इन्डिज सबैभन्दा बलियो र अहिलेसम्मको नयाँ प्रतिद्वन्द्वी हो । यो टिमले आईसीसीले आयोजना गर्ने लामो र छोटो दुवै फर्म्याटको विश्वकप जितिसकेको छ ।

नेपालले अहिलेसम्म वेस्टइन्डिजसँग क्रिकेटका कुनै पनि फर्म्याटमा प्रतिस्पर्धा गरेको छैन । यसअघि दुई खेलमा एक जित निकालेको नेपालले वेस्ट इन्डिजलाई जित्नसके सुपरसिक्स लगभग पक्का छ ।

पहिलो खेलमा नेपाल आयोजक जिम्बाब्वेसँग ८ विकेटले पराजित भएको थियो । जम्बाब्वेविरुद्ध २ सय ९० रन जोडे पनि बलिङमा अपेक्षाकृत प्रदर्शन नहुँदा नेपाल पराजित भयो । मंगलबार दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले जितेपछि नेपालको सुपरसिक्सको सम्भावना बलियो नै छ । तर यसअघिका दुवै खेलमा नेपाली बलिङ कमजोर देखिएको छ । अमेरिकाविरुद्ध पावर प्लेमा करण केसीले चार विकेट लिँदै राखेको दबदबाह नेपालले अन्तिमसम्म निरन्तरता दिन सकेन ।

मुख्य बलर सन्दीप लामिछानेको र्फम नेपालका लागि चिन्ताको विषय बनेको छ । उनले यसअघिका दुवै खेलमा महँगो सावित हुँदा कुनै पनि विकेट लिन सकेका छैनन् । यस्तै ओपनिङ बलर सोमापाल कामीको चोटसमेत चिन्ताको विषय हो ।

वेस्ट इन्डिज पनि जित निकाले सुपरसिक्स नजिक पुग्ने छ । पहिलो खेलमा उसले अमेरिकालाई ३९ रनले हराएको थियो । समूह ‘ए’ मा ४ अंकसहित जिम्बाब्वे पहिलो, समान दुई अंकसहित वेस्ट इन्डिज दोस्रो र नेपाल तेस्रो स्थानमा छन् । अमेरिका र नेदरल्यान्ड्स अंकविहीन छन् ।

    सम्बन्धित समाचार...