२१ बैशाख २०८१, शुक्रबार

९ लाख पुग्यो लाइसेन्स लिन प्रतीक्षामा रहेका सेवाग्राहीको संख्या

Smart License

सवारी चालक अनुमतिपत्र लिन प्रतीक्षामा रहेका सेवाग्राहीको संख्या ९ लाख पुगेको छ ।

यातायात व्यवस्था विभागले साढे एक वर्षअघि ट्रायल परीक्षा पास गरेकालाई समेत स्मार्ट कार्ड दिन सकेको छैन । दैनिक ७५ सय कार्ड प्रिन्ट गर्नुपर्ने भए पनि ४५ सय मात्र प्रिन्ट भइहेको छ । अतिरिक्त मास प्रिन्टर खरिद हुन नसक्दा र सेवाग्राहीको चाप बढी हुँदा माग धान्न नसकेको विभागका अधिकारीहरुको भनाइ छ ।

साढे एक वर्षसम्म पनि सेवाग्राहीलाई कार्ड दिन नसकेको भन्दै सरकारको कार्यसम्पादनमाथि प्रश्न उठे पनि भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले थप गृहकार्य गरेको छैन ।

सातै प्रदेशमा ‘मास प्रिन्टर’ ल्याएर सेवा सुरु गर्न प्रदेश सरकारलाई आग्रह गरे पनि कहिले खरिद हुने भन्ने टुंगो लागेको छैन । अहिले सातै प्रदेशबाट प्राप्त विवरण संघीय यातायात व्यवस्था विभागबाट मात्रै पिन्ट हुने गरेको छ । यातायात व्यवस्था विभागले अहिलेसम्म ३० लाख कार्ड प्रिन्ट भइसकेको बताएको छ ।

    सम्बन्धित समाचार...