५ जेष्ठ २०८१, शनिबार

‘आदिपुरुष’ को संवाद सच्याइयो

aadipurush e1686884043499

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा माता सीताबारे राखिएको विवादास्पद संवाद निर्माताले हटाएका छन् । ‘सीता भारतकी छोरी’ भनी राखिएको संवाद नेपालमा विवादास्पद भएपछि निर्माताले हटाएका हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले संवाद नसच्याए काठमाडौंमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने चेतावनी दिएकाले फिल्मबाट उक्त संवाद हटाइएको भारतीय संचार माध्यम अमर उजालाएविपी लाइभले जनाएका छन् ।

मेयर शाहले बिहीबार फेसकुबमा स्टाट्स राख्दै फिल्म आदिपुरुषमा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने विषयलाई तीन दिन भित्र नसच्याए काठमाडौं महानगरभित्र कुनैपनि हिन्दी फिल्मर चल्न नदिने घोषणा गरेका थिए ।

यस्तै, चलचित्र बोर्डले पनि उक्त विषयलाई लिएर नेपालमा सेन्सर रोकेको थियो । धार्मिक कथामा आधारित ‘आदिपुरुष’ आजदेखि प्रदर्शनमा आउँदैछ ।

प्रभास कृति र सेनन स्टारर ‘आदिपुरुष’को ट्रेलर रिलिज भएदेखि नै यो फिल्मको दर्शकले विरोध गरिरहेको छ । पहिलो पटक रिलिज भएको ट्रेलरमा हनुमान जीलाई छालामा लगाउनदेखि लिएर नयाँ ट्रेलरमा सीताहरणको दृश्यलाई गलत देखाउनेसम्म फिल्मको विरोध भएको थियो ।

    सम्बन्धित समाचार...