१७ बैशाख २०८१, सोमबार

मधेसका मुख्यमन्त्रीको पक्षमा १ सय ३ मत, विपक्षमा शून्य‍

Saroj Kumar Yadav CM Madhesh pradesh
फाइल फोटो

मधेस प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवलाई १०५ सांसदले विश्वासको मत दिएका छन् । मंगलबार मुख्यमन्त्री यादवलाई प्रदेशसभामा उपस्थित सबै सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका छन् ।

उनलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित सदनका सबै दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् । १०७ सदस्यीय प्रदेश सभामा उनको विश्वासको मतको पक्षमा मतदानमा भाग लिएका सबैको १०३ मत परेको छ ।

बैठकमा १०५ जना उपस्थित रहेकोमा सभामुख र उपसभामुखले मत हालेनन् । यसअघि पहिलो पटक मुख्यमन्त्री यादवले माघ ४ गते प्रदेशसभामा सिंगो मत पाएका थिए ।

प्रदेश सभामा एमालेका २३, कांग्रेसका २२, जसपाका १८, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका नौ/नौ, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल सङ्घीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का एक/एक जना सांसद छन् । यस्तै ३ जना स्वतन्त्र सांसद छन् ।

    सम्बन्धित समाचार...