४ जेष्ठ २०८१, शुक्रबार

सरकार ढाल्ने चेतावनी दिएका माधव नेपालको प्रचण्डलाई भेटेपछि फेरियो बोली

madhav nepal
फाइल फोटो

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको बोली फेरिएको छ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्नु अघिसम्म सरकार ढाल्ने चेतावनी दिएका अध्यक्ष नेपालले प्रचण्डसँगको भेटपछि भने बोली नै फेरेका हुन्।

आइतबारसम्म सरकारले ल्याएको आगामी बजेटमा असन्तृष्टि हुँदै सरकार ढाल्नेसम्म चेतावनी दिँदै आएका र फेरि नेकपा ब्युताउनुपर्ने बताइरहेका नेपालले सोमबार काठमाडौंमा आयोजितक एक कार्यक्रममा बोली फेर्दै अहिलेका सत्ताधारी शक्तिहरू एकतावद्ध भएर अघि बढ्ने कुराको विकल्प नभएको बताएका छन्।

उनले भने, ‘अहिलेको गठबन्धन लोकतान्त्रिक हो, प्रगतिशील हो। यस्ता कुरामा कुनै किसिमको धरमरको आवश्यक्ता छैन। कमी कमजोरी हुन्छन्, आलोचना गर्नेपनि हो। कमजोरीप्रति आँखा चिम्लिने पनि होइन। त्यसमा बग्ने, समर्थन गर्नेपनि होइन, लतारिने पनि होइन, किनभने एकता र संघर्ष चलिरहन्छ। अहिलेका सत्ताधारी शक्तिहरु एकतावद्ध भएर अघि बढ्ने कुराको विकल्प छैन।’

सत्ता बाहिरको गठबन्धनमा संविधानमाथि गम्भीर आघात पुर्याउने शक्तिहरू र संघीयतामाथि विश्वास नगर्ने मात्र नभइ संघीयता नै समाप्त पार्न चाहने शक्ति रहेको उनले दाबी गरे।

    सम्बन्धित समाचार...