१६ बैशाख २०८१, आईतवार

स्टार फवार्ड एम्बाम्पेलाई बेच्ने पीएसजीको तयारी

Kylian Mbappe

फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्टार फवार्ड केलियन एम्बाप्पे बेच्ने तयारी गरेको छ ।

एम्बाप्पेको सम्झौता अर्को सिजनको अन्त्यमा सकिँदैछ । क्लब र एम्बाप्पेसँग सम्झौता नवीकरण गर्ने विकल्पसमेत छ । तर पीएसजीसँगको एक महिना लामो वार्ता पछि पनि एम्बाप्पेले सम्झौता नवीकरण नगर्ने बताएका छन् ।

सम्झौता थप्ने अन्तिम समय जुलाई ३१ रहेपनि २४ वर्षीय फ्रान्सेली स्टार एम्बाप्पे भने तयार छैनन् । सम्झौता नथप्दा अर्को एम्बाप्पेलाई क्लबले फ्रि एजेन्ट अर्थात् सित्तैमा गुमाउनु पर्ने भएकाले पीएसजीले बेच्ने तयारी गरेको हो । क्लबले कुनै पनि हालतमा एम्बाप्पेलाई रिलिज नगर्ने भनेपनि सम्झौता थप गर्ने विकल्प राखिएको पत्र मिडियामा लिक भएको छ । सोही कुराबाट क्लब असन्तुष्ट छ।

स्टार खेलाडीहरु बिना रणनीति भित्र्याउने गरेको पीएसजीमाथि आलोचना भइरहँदा एम्बाप्पेले पनि नयाँ विकल्प खोजेका हु्न् । स्पेनीस जायन्ट रियाल मड्रिडले गत वर्ष एम्बाप्पेलाई क्लबमा अनुबन्धका लागि प्रस्ताव गरेपनि उनले अस्वीकार गरेका थिए । क्लबका प्रमुख खेलाडी करिम बेन्जेमा साउदी प्रो लिग खेल्न गएपछि अहिले रियालमा स्ट्राइकरको खोजी भइरहेको छ । जसमा टोटेनहमका हेरि केन पहिलो रोजाइमा छन् । सन् २०१७ मा मोनाकोबाट पार्क दि फासँमा आएका एम्बाप्पेले २ सय ६० खेलमा २ सय १२ गोल गरेका छन् ।

क्लबका सर्वाधिक गोलकर्तासमेत क्लब छाड्ने दोस्रो हाइ प्रोफाइल खेलाडी हुनेछन् । यसअघि सन् २०२२ का विश्व विजेता लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मायामीमा अनुबन्ध भएका थिए । नेइमारलाई पनि साउदी अरेबियाबाट मोटो रकममा अनुबन्ध हुन प्रस्ताव आएको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।

    सम्बन्धित समाचार...