१७ बैशाख २०८१, सोमबार

एसीसी इमर्जिङ कपमा नेपाल र पाकिस्तानबीचको खेल जारी

nep vs pak

एसीसी इमर्जिङ कपमा नेपालले आज पाकिस्तानसँग पहिलो खेल खेलिरहेको छ । नेपालविरुद्ध पाकिस्तानको ए टिम मैदान उत्रिएको छ ।

हङकङको मिसन रोड ग्राउण्डमा नेपाली समयअनुसार बिहान पौने ७ बजेदेखि खेल सुरु भएको हो । बलियो पाकिस्तानले नेपालविरुद्ध फातिमा साना नेतृत्वको टिम उतार्न लागेको हो । फातिमा पाकिस्तानकी प्रमुख बलर हुन् । पाकिस्तान प्रतियोगिताको उपाधि दाबेदार हो ।

नेपालले पाकिस्तानसँग सुखद नतिजा निकाल्ने प्रयास गर्नेछ । गत साता मलेसियासँगको पाँच खेलको सिरिज तीन दुईले जितेको नेपाली टिमको मनोबल उच्च छ । तर प्रतियोगिताका लागि नेपालले बेग्लै तयारी गर्न भने पाएको छैन । थाइल्यान्डले भिसा प्रक्रियामा समस्या देखाउँदै सहभागिता फिर्ता लिएपछि नेपालले मौका पाएको हो ।

नेपाल रहेको समूहमा पाकिस्तान र भारतका ए टिम र आयोजक हङकङका टिम छन् । समूहबाट शीर्ष दुईमा पर्न सके नेपालले सेमिफाइनलमा स्थान बनाउने छ । नेपालले दोस्रो खेल असार २ गते भारतको ए टिमसँग खेल्ने तालिका छ । असार पाँच गते अन्तिम खेलमा नेपालले घरेलु टिमसँग खेल्ने छ ।

    सम्बन्धित समाचार...