१४ बैशाख २०८१, शुक्रबार

जिल्ला निर्वाचन आयोग खारेज गर्ने सरकारको निर्णय सच्याउन गगन थापाको माग

gagan thapa
फाइल फोटो

नेपाली कांग्रेसका सांसद एवं पार्टी महामन्त्री गगन थापाले जिल्ला निर्वाचन आयोग खारेज गर्ने सरकारको निर्णय सच्याउन माग गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले कार्यालय कटौती गरेर जिल्ला प्रशासनमा सार्दा आयोगको भूमिकालाई संकुचित पार्ने बताए । उनले बचत गर्नका लागि निर्वाचनको निष्पक्षतामाथि सम्झौता गर्ने बेला आएको हो भन्दै प्रश्न उठाए ।

“खर्च कटौतीको कोणबाट यसलाई हेरिएको हो भने वर्षमा यो काम गरेबापत अधिकत १५ करोडभन्दा बढी बचत हुने देखिँदैन । के १५ करोड बचत गर्नका लागि निर्वाचनको निष्पक्षतामा सम्झौता गर्नुपर्ने अवस्थतामा हामी पुगिसकेको हौँ,” थापाले भने ।

उनले निर्णय तत्काल सच्याउन माग गरे । “निर्वाचन आयोग कटौती गर्दा यथेष्ट ध्यान पुर्याइएन भन्ने लाग्छ,”उनले भने,“निर्वाचन कार्यालय खारेज गर्ने निर्णयलाई तत्काल सच्याउन सरकारसँग माग गर्छु,”थापाले भने ।
सरकारले आगामी वर्षको बजेटमा खर्च कटौतीका लागि जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव गरेको छ ।

    सम्बन्धित समाचार...