१६ चैत्र २०८०, शुक्रबार

शनिबार प्रदेश १ मा थपिए ११ कोरोना संक्रमित, मोरङमा ८ जना

corona nepal

प्रदेश १ मा थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

शनिबार मोरङ सुनसरी र झापा गरी तीन जिल्लामा ११ जना कोरोना संक्रमित थपिएको प्रदेश १ का सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले बताए ।

थपिएका संक्रमितमध्ये ८ जना मोरङको रतुवामाई नगरपालिकाका हुन् । झापाको गौरीगञ्जमा एकजना र सुनसरीको कोशी गाउँपालिकामा २ जना महिलामा शनिबार संक्रमण देखिएको हो ।

यससँगै मोरङमा कोरोना संक्रमितको संख्या ११६ पुगेको छ भने प्रदेश १ मा ४३० पुगेको छ । उनीहरुमध्ये २३४ जना डिस्चार्ज भएका छन् ।