१३ बैशाख २०८१, बिहीबार

होम-क्वारेन्टिनमा मृत्यु भएका पुरुषको कोरोना संक्रमण पुष्टि

corona

गुल्मीमा होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषमा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ।

करिब दुई हप्ताअघि भारतको मुम्बईबाट आई होम क्वारेन्टिनमा बसेका छत्रकोट गाउँपालिकाका ती पुरूषको बिहीबार राति मृत्यु भएको थियो।

छत्रकोट गाउँपालिका वडा नम्बर-५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको थियो । मृतका पुरुषको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो र उनमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए ।

मुम्बईबाट आएका उनलाई प्यारालाइसिसको समस्या रहेपछि गाउँपालिकाको वडा नम्बर ५ मैनडाँडामा रहेको घरमै रेखदेख गर्नेगरी राखिएको थियो।

मृतक प्यारालाइसेसको बिरामी थिए । जेठ २५ गते भारतबाट आएर उनी होम क्वारेन्टिनमा बसेका थिए । क्वारेन्टिनमा बस्न नसक्ने भएपछि छोरी ज्वाइँले हेरचाह गर्ने गरी होम क्वारेन्टिनमा राखिएको थियो ।

उनलाई घरमा ल्याएपछि नै आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएको भए पनि पिसिआर परीक्षणको लागि भने शुक्रवार बिहानमात्र उनको स्वाब संकलन गरिएको थियो।

स्वाब भैरहवा पठाएर परीक्षण गरी रिपोर्ट आउन समय लाग्ने भएकोले उनको शवलाई नेपाली सेनाको टोलीले शुक्रबार बिहान व्यवस्थापन गरेको थियो।

स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ पुष्टि भएपछि उनको रेखदेखमा संलग्न परिवारका सदस्यहरूको समेत पिसिआर परीक्षण गरिने पन्तले जानकारी दिए ।

मृतकको शवलाई शुक्रबार नेपाली सेनाले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

यस बिषयमा आजको स्वास्थ मन्त्रालयको दैनिक पत्रकार सम्मेलनमा केहि जनाइएको छैन ।

थप १४ जनामा कोरोना संक्रमण पुष्टि

गुल्मीमा १४ जनामा कोरोना भाइरस (कोभिड-१) को संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएका सबै रेसुङ्गा नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए ।

नगरपालिकाको वडा नम्बर- ६ का २१ वर्षकी महिला, वडा नम्बर-७ का ३९ वर्षका पुरुष, वडा नम्बर-८ का २१ वर्षका पुरुष, वडा नम्बर-१० का १९ वर्षका, २८ वर्षका, १८ वर्षका पुरुष र १८ वर्षकी महिला रहेका छन् । त्यस्तै वडा नम्बर-१३ मा २१ वर्षका, ३० वर्षका ३६ वर्षका पुरुष वडा नम्बर-१४ मा १८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएकोे नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए ।

संक्रमित सबै भारतबाट आएर क्वारेन्टिनमा रहेको स्वास्थ्य संयोजक अर्याललले बताए । जिल्लामा पछिल्लो तथ्याङ्क अनुसार १६७ जना कोरोना संक्रमित पुगेका छन् ।

संक्रमित ६ जना कोरोना मुक्त भएकर घर फर्किएका छन् ।

जिल्लामा कोरोनाबाट २ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट १०२६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ४२८ जनाको रिर्पोट आउन बाँकी रहेको प्रमुख जिल्ला भरतकुमार अधिकारी शर्माले बताए ।